बैशाख १७, २०८१ सोमबार

दमकमा खुल्यो पुष्प–धिरेन्द्र बहुप्राविधिक शिक्षालय

झापा । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) ले पूर्वी नेपालको दमक नगरपालिकामा पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठानलाई गैरनाफामुलक बहुप्राविधिक शिक्षालय खोल्न अनुमति दिएको छ ।

पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठान तत्कालीन नेकपा (माओवादी)द्वारा सन्चालित दस वर्षे जनयुद्धका क्रममा राज्यद्वारा वेपत्ता पारिएका झापा दमकका सहोदर दाजुभाइ पुष्पराज बस्नेत र धिरेन्द्र बस्नेतको नाममा स्थापित संस्था हो ।

सिटिइभिटीले दमक नगरपालिका वडा नं. १ मा यसै वर्षदेखि प्रतिष्ठानलाई डिप्लोमा इन सिभिल इन्जिनियरिङमा ४८ जना र डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङमा४८ जनाको कोटासहितको भर्ना अनुमति दिएको पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेतले जानकारी दिए । यसै शैक्षिकसत्रवाट पठनपाठन शुरु हुने ३ वर्षे डिप्लोमा तहमा भर्नाका लागि सिटिइभिटीले आउँदो असोज २६ गतेसम्म म्याद थप गरेको छ ।

दमक बजारको वडा नं. १ स्थित आदिकवि भानुभक्त चोकदेखि उत्तरतर्फ जाने सडकलाई प्रदेश नं. १ सरकार र दमक नगरपालिकाले पुष्प–धिरेन्द्र मार्ग नामाकरणसमेत गरेका छन् ।

दमक–१ निवासी २६ वर्षीय पुष्पराज बस्नेत र २० वर्षीय धिरेन्द्र बस्नेत वि.सं. २०६० सालमा तत्कालीन शाही नेपाली सेनाद्वारा बेपत्ता पारिएका थिए । उनीहरु दुवै जना स्थानीय भीमबहादुर बस्नेत र चन्द्रकुमारी बस्नेतका क्रमशः माहिला र कान्छा छोरा हुन् ।

प्रकाशित मिति : आश्विन १७, २०७७ शनिबार  ९ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]