बैशाख १४, २०८१ शुक्रबार

प्रकृति फाउण्डेशन जिल्लास्तरीय अभियानमा

बिर्तामोड । प्रकृति फाउण्डेशन झापाले जिल्लास्तरी अभियान अन्तर्गत शनिवार चन्द्रगडीमा युवाहरुलाई सूचनाको हक एवम् युवा नेतृत्व विकास सम्बन्धी सहजीकरण गरेको छ ।

झापाको सबै पालिकामा रहेका अगुवा युवाहरुसँग साक्षत्कार गर्ने गरी सुरु गरिएको अभियानमा सूचनाको हकको प्रयोग र युवाहरुको क्षमता विकास बारे तालिम प्रदान गर्ने गरिएको अध्यक्ष मनोज ताम्लीले जानकारी दिए । मेची क्याम्पसमा अध्ययनर विधार्थी र भद्रपुर क्षेत्रका अगुवा युवाहरुलाई शनिवार आयोजिक कार्यक्रममा पत्रकार प्रदीप परियारले सूचनाको हकको प्रयोगका बारेमा सहजीकरण गरेका थिए । युवाहरुको नेतृत्व विकास बारे फाउण्डेशनका अध्यक्ष ताम्ली र युवा अभियानत दीपक दासले सहजीकरण गरेका थिए ।

युवाहरुलाई क्षमतावान बनाएर सामाजिक अभियानमा जोड्न उक्त अभियानको थालनी गरिएको फाण्डेशनका रोशन लामाले जानकारी दिए । यसअघि प्रकृति फाण्डेशनले बिर्तामोड, कचनकवलमा सोहि प्रकृतिको कार्यक्रम सम्पन्न गरिसकेको छ ।

प्रकाशित मिति : आश्विन १७, २०७७ शनिबार  ७ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]