आइपीएल : कोलकत्तालाई हराउँदै दिल्ली शीर्ष स्थानमा
दिल्ली । यूएईमा जारी १३ आंँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटअन्तर्गत दिल्ली क्यापिटल्स सहज जित निकालेको छ । शनिबार भएको खेलमा दिल्लीले कोलकत्ता नाईट राइडर्सलाई १८ रनले हराएको हो ।

सारझाहाँ क्रिकेट स्टेडियममा दिल्लीले जितका लागि दिएको २२९ रनको बलियो लक्ष्य पछएको कोलकोत्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र २१० रन बनायो ।
कोलकत्ताका लागि नितिश रानाले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ४ चौका र ४ छक्काको सहयोगमा ५८ रन बनाए । त्यस्तै इयान मोर्गानले ४४ रन बनाउँदा राहुल तिपाठी २८ तथा आन्द्रे रसेलले १३ रन बनाए ।
बलिङतर्फ दिल्लीका लागि अरिच नोर्टजेले सर्वाधिक तीन विकेट लिए । त्यस्तै हर्स पटेलले दुई विकेट लिँदा कगिसो रवाडा, मार्कुस स्टोनिस र अमित मिश्राले समान एक-एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस अैर र पृथ्वी शले अर्धशतकीय पारी खेले ।
३८ बल खेलेका अैरले ७ चौका र ६ छक्काको सहयोगमा ८८ रन बनाए । ४१ बल खेलेका पृथ्विले ४ चौका र ४ छक्काको सहयोगमा ६६ रन बनाए । दिल्लीका लागि रिशव पन्तले ३८ रन बनाउँदा शिखर धावनले २६ रनको योगदान गरे ।
बलिङतर्फ कोलकत्ताका लागि आन्द्रे रसेलले दुई विकेट लिए । त्यस्तै वरुण चक्रवर्ति र कमलेस नगरकोटीले एक-एक विकेट लिए । दिल्ली आजको खेलमा फराकिलो जित निकाल्दै दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिगमा चार खेल खेलेको दिल्लीले ६ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा उभ्याएको छ । यता कोलकत्ताको ४ अंक छ । कोलकत्ता तालिकाको पाँचौ स्थानमा छ ।