बैशाख ७, २०८१ शुक्रबार

विधार्थीलाई एसपीको भर्चुअल सन्देश

भद्रपुर। जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले बालबालिकालाई ‘साइबर अपराध’ सम्बन्धी भर्चुअल सचेना प्रदान गरेका छन् ।उनले कोरोना भाइरसको उच्च जोखिमका कारण देश र समाजमा बढ्दै गएको साइबर अपराधका घटनाहरु न्यूनीकरण गर्नका निमित्त आइतबार भिडियो कन्सफ्रेन्समार्फत सचेना प्रदान गरेका हुन् ।

एसपी कोइरालाले नगर बाल सञ्जाल दमक, कनकाई, एभरेष्ट बोर्डिङ स्कुल दमक र झापा मोडेल ईङ्लिश बोर्डिङ स्कुल दमकका २२ जना बालबालिकाहरुलाई अनलाईनबाटै भिडियो कन्सफ्रेन्सको माध्यमद्वारा अपराधका घटनाबाट जोगिन अप्नाउनु पर्ने तरिकाका बारेमा जानकारी दिएका थिए ।

उनले साइबर अपराधका घटना भएमा प्रहरीसम्म कसरी पुग्ने, कानुनी प्रावधानका बारेमा कार्यालयबाटै जानकारी गराई यस्ता गतिविधिमा बालबालिकाहरुलाई संलग्नता नहुन आग्रह गरेका थिए ।

प्रकाशित मिति : आश्विन १८, २०७७ आईतबार  ४ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]