जेष्ठ ३, २०८१ बिहीबार

युवा सङ्घका केन्द्रीय सचिव लाई पितृशोक

काँकरभिट्टा, । युवा सङ्घ नेपालका केन्द्रिय सचिव एवम् नेकपाका युवा नेता राजु कार्कीलाई पितृशोक परेको छ ।
उनका ६८ वर्षीय बुबा श्याम कार्कीको आज निधन भएको हो ।
मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी कार्कीको आइतबार दिउँसो २ वजे घरैमा निधन भएको छ ।

गत वैशाख महिनाको अन्तिम सातादेखि टाउको दुखेर उपचारमा रहेका उनलाई बिर्तामोडस्थित बिर्तासिटी र वीएन्डसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँको ग्रान्डी अस्पताल लगिएको थियो ।

त्यहाँ पनि सम्भव नभएपछि टिचिङ अस्पतालमा केही महिनादेखि कार्कीको उपचार भइरहेको थियो ।उनलाई ब्रेन टीबी र मेनेन्जाइटिस लागेको थियो । यहि असोज १६ गते विहान काठमाडौँबाट घर ल्याइएको थियो ।

उनकी श्रीमती मीनादेवी तथा छोरा–वुहारीहरु दिपक–सुनिता थापा कार्की र राजु–मनु गौतम कार्की छन् ।राजु नेकपा निकट तत्कालिन युवा संघका केन्द्रिय सचिव, नाइट चेस क्लब काँकरभिट्टाका अध्यक्ष समेत हुन् । र दिपक काँकरभिट्टाको ताज होटलका सञ्चालक हुन् ।

लामा कार्की सेवा समाज मेचीनगर अध्यक्ष समेत रहेका स्वर्गीय श्याम कार्की अतिथि होटलका सञ्चालक हुन् ।उनको अहिले ४ वजे स्थानीय मेची खोलामा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रकाशित मिति : आश्विन १८, २०७७ आईतबार  ४ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]