बैशाख २८, २०८२ आईतबार

रोग प्रतिरोधात्मक क्षमता बढाऔं : सम्पादकीय

अव्यवस्थित जीवनशैलीले नेपाली समाजमा स्वास्थ्य समस्या धेरै छ । खानपान , रहनसहन र अव्यवस्थित दैनिक जीवनयापनका कारण स्वास्थ्य समस्या बढ्दो छ । यहाँको खानपान पनि उत्तिकै हानिकारक छ । स्वस्थ्यवद्र्धक खानपानमा खास चासो छैन । औषतमा हेर्दा अव्यवस्थित जीवनशैलीमै जीउनेहरुको संख्या धेरै छ । कोरोना महामारीमा पनि स्वास्थ्यको वर्तमान स्थिती निर्भर हुने दखियो । स्वास्थ्य कमजोर भएमा कोरोना भाइरसले पनि सहजै संक्रमण हुने अहिलेसम्मको संक्रमण अवस्थालाई हेर्दा बुझ्न सकन्छि । यसैले समयमै स्वास्थ्यलाई महत्वपूर्ण मानेर ख्याल गर्न जरुरी देखिन्छ ।

विश्वरभर कोरोनाको महामारी फैलिरहेको छ । अहिले आएर धेरैलाई स्वस्थ्य रहनुपर्ने बुझाई भएको छ । अव्यवस्थित जीवनका कारण आइपर्ने समस्या सधैंका लागि समाधान गर्न सचेत हुनुपर्ने देखिन्छ । कोरोनाले धेरैको जीवनशैलीमा परिवर्तन ल्याउने देखिएको छ । विहानको व्यायाम गर्नेहरु बढेर गएका छन् । साइकलिङ गर्नेको पनि उत्तिकै संख्या बढ्दै छ । बेसार पानी जस्ता सामान्य तर महत्वपूर्ण घरेलु औषधिको प्रयोग पनि बढिरहेको छ । गुर्जो नामक जडिबुटी मुखमा हालेर स्वास्थ्यलाई ख्याल गर्नेहरु पनि बढ्न थालेका छन् ।

शरिरलाई रोग प्रतिरक्षाका लागि आफुलाई तयार गर्न सकेसम्म मेहनत गरिरहेको देख्न पाइन्छ । कोरोनाले स्वास्थ्य प्रति सबैलाई सचेत गराइरहेको छ । यसैका कारण हरेक नागरिकको मुख र नाकलाई सुरक्षित राख्न पनि मास्क प्रयोग बढाइएको छ । यसअघि धुलाम्मे सडकमा यात्रा गर्दा समेत मास्क नलगाउनेहरु हरपल मास्कको सहयोगमा आफुलाई सुरक्षित बनाइरहेका छन् । यसैले महामारीमा मात्र होइन, हरेक समय स्वास्थ्यप्रति सचेत र संवेदनशील बन्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति : आश्विन २१, २०७७ बुधबार  ७ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]