बैशाख १७, २०८१ सोमबार

झापामा कोरोनाबाट थप एकको मृत्यू

बिर्तामोड । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार झापाको दमक – १ का ५२ वर्षीय पुरुषको बिहीबार बिहान ३:२० बजे र सुनसरीको धरान-८ का ४६ वर्षीय पुरुषको बुधबार २:४५ बजे मृत्यु भएको हो । असोज १८ गते प्रतिष्ठानमा भर्ना भएका दमक – १ का ५२ वर्षीय पुरुषमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।

धरानका ४६ वर्षीय पुरुषमा भने मंगलबार संक्रमण पुष्टि भएको थियो । उनी हाइपरटेन्सनका बिरामी थिए ।

प्रकाशित मिति : आश्विन २२, २०७७ बिहीबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]