बैशाख ७, २०८१ शुक्रबार

झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

झापा – झापामा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ। शनिबार पौने ६ बजे कमल गाँउपालिका-२ त्रिवेणी चौक बस्ने २४ वर्षीया रिता थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक राकेश थापाले जानकारी दिए। 

घरायसी विवाद हुदाँ ३४ वर्षीय श्रीमान रामजी थापाले श्रीमती रितामाथि खुकुरी प्रहार गरेका थिए। खुकुरीले घाँटीमा लाग्दा रिताको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले श्रीमान रामजीलाई नियन्त्रणमा लिएको डिएसपी राकेश थापाले जानकारी दिए।  प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : आश्विन २५, २०७७ आईतबार  ८ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]