आजदेखि सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन पाउने
काठमाडौं । सार्वजनिक यातायत व्यवसायीेले अबदेखि सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन पाउने भएका छन् । सरकारले सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको हो ।
सरकारले आजदेखि सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनकाअनुसार पूरै सिटमा यात्रु चढाउन दिने निर्णयसँगै अब सार्वजनिक गाडीले भाडा पनि पुरानै दरमा लिनुपर्नेछ ।
यस्तै कोरोना सङ्क्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने पनि उनले बताए । यसअघि सार्वजनिक गाडीमा आधा सिट क्षमतामा मात्र यात्रु राखेर ५० प्रतिशतसम्म बढी भाडा लिन मिल्ने निर्णय गरेको भएपनि थोरैले मात्र कार्यान्वयन गरेका थिए ।
यातायात व्यवसायीले आधा सिट क्षमताममा मात्रै यात्रु राख्दा आफुहरुलाई तेल खर्च निकाल्न पनि हम्मेहम्मे परेको भन्दै पूर्ण सिट क्षममतामा यात्रु राख्न पाउँनु पर्ने माग गर्दै आएका थिए ।