बैशाख १४, २०८१ शुक्रबार

रोनाल्डोलाई कोरोना संक्रमण

एजेन्सी । पाँच पटकका बालोन डे’ओर विजेता पोर्चुगिच फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएको छ । राष्ट्रिय टिममा रहेका रोनाल्डोलाई कोरोनाको संक्रमण देखिएको हो ।

पोर्चुगिज फुटबल महासंघले रोनाल्डोलाई कोरोना लागेको पुष्टि गरेको हो । उनलाई कुनै लक्षण भने देखिएको छैन । कोरोना लागेसँगै ३५ वर्षीय इटालियन क्लब युभेन्ट्सका फरवार्डलाई राष्ट्रिय टिमबाट बिदा गरिएको छ । रोनाल्डोले एकान्तवास सुरु गरेका छन् । पोर्चुगलले नेसन्स लिग फुटबलमा बुधबार स्वीडेनसंग प्रतिस्पर्धा गर्दैछ ।

रोनाल्डोले देशका लागि पछिल्लो समय दुई खेले खेलेका थिए । उनले स्पेनसंग मैत्रीपूर्ण फुटबल र फ्रान्ससंग नेसन्स लिगमा खेलेका थिए । दुवै खेल गोलरहित बराबरीमा सकिएको थियो । आइतबार उनले फ्रान्ससँग खेलेपछि कोरोना भएको हो । उनले आफ्नो टीमसँग खुशी समेत बाँडेका थिए ।

प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार  ७ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]