बैशाख ३०, २०८१ आईतबार

न्युजिल्याण्ड विश्वकपको शीर्षमा

एजेन्सी । विश्वकप क्रिकेटमा अपराजित रहँदै न्युजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बर्मिनघममा बुधबार दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।


वर्षाले प्रभावित हुँदा ४९ ओभरमा झारिएको खेलमा दक्षिण अफ्रिकाले दिएको २४२ रनको मध्यम लक्ष्य न्युजिल्याण्डले ४८ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । न्युजिल्याण्डको जितमा कप्तान केन विलियमसनले शतकीय इनिङ्स खेले । अविजित रहेका विलियमसनले १३८ बलमा ९ चौका र १ छक्कासहित १०३ रन बनाए । यस्तै कोलिन डी ग्राण्डहोमे ६० रनको अर्धशतकीय इनिङ्स खेले । मार्टिन गुप्टिलले ३५ तथा जेम्स निशमले २३ रन बनाए ।

दक्षिण अफ्रिकाका क्रिस मोरिसले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभरमा ६ विकेट गुमाएर २४१ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि भान डेर डुसनले अविजित रहदै ६७ तथा हसिम अमलाको ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । त्यस्तै एडिन मार्क्रमले ३८, डेभिड मिल्लरले ३६ तथा कप्तान फाफ डु प्लेसिस २३ रन बनाए । ओपनर क्विनटन डि कक ५ रनमा आउट भए ।

न्युजिल्याण्डका लोकी फर्गुसनले ३ विकेट लिए। जितसंगै शीर्ष स्थानमा उक्लिएको न्युजिल्याण्डले ५ खेलबाट ९ अंक जोडेको छ । अपराजित न्युजिल्याण्डको चौंथो जित हो । दक्षिण अफ्रिकाको यो चौथो हार हो । ६ खेल खेलेको दक्षिण अफ्रिकाको ३ अंक रहेको छ । प्रतियोगिता अन्तरगत आज अष्ट्रेलिया र बगलादेश भिड्नेछन् । समान पाँच खेल खेलेका दुवै टोलीमा अष्ट्रेलियाले चार खेल जित्दै ८ अंक बनाएको छ भने बंगलादेशको पाँच अंक रहेको छ ।

प्रकाशित मिति : असार ५, २०७६ बिहीबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]