बैशाख २८, २०८२ आईतबार

बजारमा लापरबाही बढ्यो : सम्पादकीय

झापामा कोरोना भाइरस संक्रमण दर बढ्दो छ । झापा मात्र होइन, देशभर नै संक्रमण बढिरहेको छ । तर, जतिजति संक्रमण बढ्दै गइरहेको छ त्यति नै लापरबाही बढिरहेको छ । नेपालको पूर्वी जिल्ला झापा भारतसँगको खुल्ला सीमाका कारण उच्च जोखिममा छ । शुरुवातबाट बाक्लै संक्रमण भइरहेको झापामा पछिल्लो समय संक्रमण झनै बढेर गएको छ । तर, पनि जिल्लामा स्वास्थ्य सुरक्षा विधी अपनाइएको छैन । स्वास्थ्यमा गम्भीर लापरबाही भएकै कारण धेरैमा कोरोना पुष्टि भइरहेको छ ।

बिहीवार मात्रै झापामा ५४ जनामा कोरोना पुष्टि भयो । त्यसमा पनि जिल्लाको ठुलो बजार बिर्तामोडमा ३० जनामा संक्रमण पुष्टि भयो । यसले बिर्तामोडमा जोखिम बढ्दै गएको संकेत गरेको छ । बजारमा चाडवाडका कारण भीडभाड बढेको छ । भीडभाडसँगै व्यापार पनि बढेकाले कोरोना तिर धेरैले ध्यान दिन सकिरहेका छैनन् । उनीहरुलाई व्यापारमा चासो बढेजस्तो कोरोना सतर्कतामा पनि ध्यान दिन जरुरी छ ।

झापामा स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार जम्मा संक्रमितको संख्या १२ सय २१ पुगेको छ । १२ जनाको कोरोना कै कारण मृत्यू भइसकेको छ । यो विवरणले झापा रेड जोनमा रहेको स्पष्ट पारेको छ । रेड जोन रहेको झापामा जिल्लास्तरीय सरोकारवालाले तत्काल निर्णय गरेर बजारका लागि मापदण्ड बनाउन जरुरी देखिन्छ । बजार, यातायात र सार्वजनिक क्षेत्रका लागि जिल्ला प्रशासनले व्यवस्थित मापदण्ड ल्याएर सुरक्षित बनाउन अपरिहार्य छ ।

प्रकाशित मिति : आश्विन ३०, २०७७ शुक्रबार  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]