बैशाख २०, २०८२ शनिबार

मेचीनगरमा गोल्डकपको तयारी पुरा

काँकरभिट्टा । मेचीनगर गोल्डकप–२०७६ मा दश वटा फुटवल क्लवले सहभागिता जनाउने निश्चित भएको छ । बैशाख १२ गतेदेखि शुरु हुने गोल्डकप यो सिजनको अन्तिम गोल्डकप हो ।

चौथो संस्करणमा पुगेको गोल्डकप यसअघि काँकरभिट्टा गोल्डकपको नाममा हुँदै आएको थियो । प्रतियोगिताका बारेमा सोमबार पत्रकार सम्मेलन आयोजना गरेर ८५ प्रतिशत तयारी पुरा भइसकेको आयोजक समितिले जनाएको छ ।

यसपटकको गोल्डकपमा पारो एफसी, भुटान, दाउफिन्स क्यामरुन, थ्रीस्टार, नेपाल आर्मी, नेपाल पुलिस क्लव, संकटा, च्उासल युथ क्लव काठमाडौ, मेची नेत्रालय काँकरभिट्टा एफसी झापा, धरान फुटवल क्लव र माइभ्याली फुटवल क्लव, इलाम सहभागी हुँदैछन् । मेचीनगर गोल्डकपको संरक्षक मेचीनगर नगरपालिका रहेको मेयर विलल आचार्यले जानकारी दिएका छन् । उनले खेलक्षेत्रको विकासमा नगरको भूमिका महत्वपूर्ण हुने बताए ।

प्रतियोगितामा टाइटल स्पोन्सर स्थानीय मेची नेत्रालयले गरेको छ । नेत्रालयले पहिलो पुरस्कारको व्यवस्था गरेको छ । आयोजक समितिका अध्यक्ष मीन बस्नेतका अनुसार पहिलो पुरस्कारको राशी १० लाख १ हजार र दोसो ५ लाख १ हजार रहेको छ । प्रतियोतिाको उत्कृष्ट खेलाडीलाई १ लाख एक हजार र बाँकी उत्कृष्ट विधामा खेलाडीहरुलाई जनही २१ हजार सहित पुरस्कृत गर्ने आयोजक समितिले जनाएको छ । खेल सम्पन्न गर्न ८० लाख अनुमान गरिएको छ । सबै खेल काँकरभिट्टा खेल मैदानमा हुनेछ ।

प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार  १० : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]