जेष्ठ १, २०८२ बुधबार

नेपालमा थप २९४२ जनामा कोरोना

बिर्तामोड । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९४२ जना कोरोना संक्रमित भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ। 

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३२६ छ। योसँगै हालसम्म ९२ हजार १६६ जना निको भएका छन्। आज देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७३९ पुगेको छ।

प्रकाशित मिति : कार्तिक २, २०७७ आईतबार  ४ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]