जेष्ठ १, २०८२ बुधबार

झापामा पूर्णिमासम्म निषेधाज्ञा

बिर्तामोड । कोरोनाको बढ्दो संक्रमण र चाडपर्वका कारण जिल्ला प्रशासन झापाले राति निषेधाज्ञा घोषणा गरेको छ ।

कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रले शुक्रबार गरेको निर्णयअनुसार संक्रामक रोग ऐन २०२० को दफा २ ले अधिकार र स्थानीय शासन ऐन २०२८को दफा ६९३० बमोजिम आइतबारदेखि लागू हुनेगरी राति ८ देखि बिहान ५ बजेसम्म अत्यावश्क कामबाहेक हिँड्डुल गर्न र सवारी सञ्चालन नगर्न र होटल व्ययवसाय र पसलहरु समेत बन्द गर्न भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले भेला जमघटहरुमा सहभागी नहुन र जात्रा, मेला र महोत्सव समेत नगर्न आह्वान गरिएको छ । यो व्यवस्था आइतबारदेखि कात्तिक १४ गते कोजाग्रत पूर्णिमाका दिनसम्म लागू हुने जनाइएको छ ।

कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रले जारी गरेको निर्णय ।

प्रकाशित मिति : कार्तिक २, २०७७ आईतबार  ८ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]