बैशाख १४, २०८१ शुक्रबार

मुक्का प्रहार गरेर श्रीमतीको हत्या

बिर्तामोड । झापामा मुक्का प्रहार गरे श्रीमानले श्रीमतीको हत्या गरेका छन् । आइतबार साँझ मेचीनगर–४ का ३४ वर्षीय पर्वत राईले श्रीमती संगीता राई (२७)को हत्या गरेका हुन् ।

 घरायसी विवादमा मुक्का प्रहार गर्दा संगीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

श्रीमतीको हत्या गर्ने पर्वतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार  ९ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]