जेष्ठ १, २०८२ बुधबार

प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गए : मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गएको बताउनुभएको छ । उहाँले नेपाली शब्दावली लोप हुनेतर्फ चिन्ता व्यक्त गर्नुभयो ।

सामाजिक विकास मन्त्रालयद्धारा आज आयोजित नेपाली भाषा : चुनौति र समाधान विषयक अनलाईन कार्यक्रममा मन्त्री घिमिरेल सो कुारा बताउनुभएको हो । उहाँले प्रविधिका र विश्वव्यापीकरणका कारण भाषिक चुनौति थपिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ कतिपय शब्दलाई स्वीकारर्नुपर्ने अवस्था पनि छ ।’ अंग्रेजीबाट सिकेको कुरा मात्र सहि हुन्छ भन्ने मान्यतालाई बदल्नुपर्नेमा उहाँले जोड दिनुभयो । सिकाई कुनैपनि भाषा र माध्यमबाट हुन सक्ने भन्दै मन्त्री घिमिरेले भन्नुभयो,‘ अंग्रजी नै सवै कुरा होईन ।’ सिकाईका कुनैपनि माध्यमहरु हुन सक्छन् भन्ने बोध समाजलाई गराउनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । नेपाली भाषाबाट काम गर्न सक्ने क्षेत्रहरुको पहिचान गरेर सच्याउन ध्यान दिनुपर्ने मन्त्री घिमिरेले बताउनुभयो ।

कार्यक्रममा प्रा.डा. टंकप्रसाद न्यौपाने र डा. रमेश घिमिरेले नेपाली भाषा : चुनौति र समाधान विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र माथि स्वदेश तथा विदेशमा रहेका नेपाली भाषाका विज्ञहरुले टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : कार्तिक ४, २०७७ मंगलबार  ९ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]