जेष्ठ १, २०८२ बुधबार

सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान

ताप्लेजुङ । ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलाइन्सले सात महिनापछि उडान सुरु गरेको छ । कोरोना महामारीका कारणले गत चैत १० गतेदेखि काठमाडौं ताप्लेजुङ नियमित उडान स्थगित गरिएको थियो ।

SONY DSC

नेपाल एयरलाइन्का ताप्लेजुङको स्टेशन इञ्चार्ज लोकेन्द्र लिम्बूले १९ जनाको क्षमताको उडानमा काठमाडौँदेखि चार जना यात्रु लिएर आएको नेपाल एयरलाइन्स ताप्लेजुङदे सुकेटारदेखि भने रित्तै फर्किएको जानकारी दिए । यात्रुको अनिवार्य कोरोना नेगेटिभ रिपोर्ट आवश्यक पर्ने भएकाले आज सीमित यात्रु ल्याएको हो । 

काठमाडौंदेखि ताप्लेजुङसम्मको भाडा  ६ हजार ८ सय ४० रुपैया तोकिएको छ भने ताप्लेजुङदेखि  काठमाडौंका भाडा  ६ हजार ७ सय ४० रुपैया तोकिएको छ । 

प्रकाशित मिति : कार्तिक ६, २०७७ बिहीबार  १० : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]