चैत्र १६, २०८० शुक्रबार

संकटपूर्ण दशैं : सम्पादकीय

०७७ को वडादशैं तमाम् संकटका बिच मनाउने तयारी भइरहेको छ । ०७६ सालको अन्त्यदेखि शुरु भएको संकट वडादशैंको उत्सवसम्म आइपुग्दा पनि हटेको छैन । विश्वव्यापी कोरोना भाइरसको संक्रमणले नेपाललाई पनि क्षतविक्षत बनाइसकेको छ । हजारौं हजार नागरिकहरु कोरोना संक्रमणले थलिएका छन् । कोहि उपचारपछि विस्तारै तंग्रिएको अवस्था छ । सयौं परिवार कोरोनाका कारण अविभावक बिहीन भएका छन् । यसैबिच नेपालीहरुको महान पर्व वडादशैं मनाउने भव्य तयारी भइरहेको छ ।

कोरोनाले तमाम् नेपालीको मनमष्तिस्कलाई हायलकाय बनाएको छ । कोरोनाले चौतर्फी समस्याहरु उब्जाएको छ । सामाजिक , आर्थिक रुपमा सबै परिवार प्रभावित भएका छन् । व्यवहारहरु लथालिङ बनाएको छ । शुरुआतमा कोरोनाले त्रास मात्र दिएको थियो । अहिले पर्याप्त पीडा दिइरहेको छ । कोरोना संक्रमणको पीडामा आएको दशैंले धेरै मनहरुलाई पक्कै पीडाबाट मुक्त हुन वा कम गर्न सहयोग गर्नेछ । वर्षकै महान चाड भएकाले आइपरेका समस्याहरुमा वडादशैंले खुशीको मल्हम लगाउने छ ।

विगत वर्षहरुमा जस्तो अनुकुलतामा दशैं मनाउन पक्कै सकिदैन । खुल्लमखुल्ला हिडडुल गर्न सकिदैन । पहिले जस्तो हेलमेल पनि गर्न सकिने अवस्था छैन । कोरोनाले सबैलाई सामाजिक दुरी कायम गर्न बाध्य बनाएको छ । यदि दशैंमा हेल्चेक्राई गरियो भने त्यसको क्षति सहजै स्वीकार्नु बाहेक कुनै विकल्प रहनेछैन । दशैंका कारण सबै अस्पतालमा कार्यरत डाक्टर, सहयोगीहरु आफ्नै व्यस्ततामा हुन्छन् । आफ्नो समस्या आफै समाधान गर्ने व्यवस्था हामीसँग छैन । त्यसैले यो संकटपूर्ण दशैंलाई सामान्यभन्दा सामान्य रुपमा मनाऔं । विशेष गरी कोरोनाको महामारीबाट सुरक्षित बसौं । हार्दिक मंगलमय शुभकामना ।

प्रकाशित मिति : कार्तिक ७, २०७७ शुक्रबार  ८ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]