बैशाख २६, २०८२ शुक्रबार

एल क्लासिको : कसले मार्ला बाजी ?

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्त आज (शनिबार) हुँदैछ । सिजनको पहिलो एल क्लासिको भिडन्तमा बार्सिलोनाले घरेलु मैदानमा रियल मड्रिडलाई आथित्यमा प्रदान गर्दैछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति ७ :४५ बजे सुरु हुनेछ ।

क्याम्प नाउमा दुबै टिम सिजनको पहिलो एल क्लासिको आफ्नो बनाउने लक्ष्यमा हुने छन् । नयाँ सिजन दुबै टिम लय समात्न असफल रहेका छन् । तर, पहिलो एल क्लासिको जित्दै दुई टिम आफ्नो उपाधि दाबेदारलाई अघि बढाउँन चाहन्छ ।

जिनेदिन जिदानको नेतृत्वमा रहेको रियल ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । जिदानको टिम रियलले पछिल्लो दुई खेलमा लगातार हार व्यहोरेको छ । गत साता ला लिगामा नवप्रवेशी काडिजसँग पराजित हुँदा च्याम्पियन्स लिगमा रियल शाख्तरसँग पराजित भएको थियो ।

जसको कारण जिदानको पद समेत धरापमा परेको छ । तर, बार्सिलोनासँगको खेल जित्दै जिदान आफ्नो आलोचकको मुख टाल्न चाहन्छन् । अघिल्ला दुई खेलमा टिम बाहिर रहेका कप्तान सर्जियो रामोस टिममा फर्किएका छन् । इडेन हाजार्डले यस सिजन खेलेका छैनन् । उनी टिम बाहिर नै छन् । यसै डानी कार्भाजलले भने एल क्लासिको गुमाउने छन् ।

रोनाल्ड कोम्यानको टिम बार्सिलोना घरेलु मैदानमा उत्कृष्ट जितको खोजीमा हुनेछ । ४ खेलमा ७ अंक जोडेर दशौँ स्थानमा रहेको बार्सिलोना जितसहित अंक तालिका सुधारको लक्ष्यमा हुनेछ ।

तर, बार्सिलोना पहिलो रोजाईका गोलकिपर मार्क टेर स्टेगेनबिना मैदान उत्रने छ । डिफेन्डर स्यामुएल उम्टिटी टिम बाहिर रहदा जोर्डी अल्बाको समेत खेल्ने सम्भावना न्यून छ ।

ला लिगा अन्तर्गत नै अर्को खेलमा एट्लेटिको मड्रिडले रियल बेटिससँग खेल्नेछ । त्यस्तै सेभियाले आइबरसँग खेल्दा ओसासुनाले एथ्लेटिक बिल्बाओसँग खेल्नेछ ।

प्रकाशित मिति : कार्तिक ८, २०७७ शनिबार  ७ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]