बैशाख १४, २०८१ शुक्रबार

दमकमा कोरोनाबाट मृत्यू हुनेको संख्या १० पुग्यो

दमक । दमकमा कोरोना संक्रमण भएकी एक महिलाको आइतबार दिउँसो मृत्यु भएको छ । दमक वडा नं. १ की ६० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको वडाध्यक्ष ताराप्रसाद अधिकारीले बताउनुभएको हो ।

कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा रहनुभएकी ती महिलामा श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरस्थित नोवेल अस्पतालमा पुगेपछि मृत्यु भएको अधिकारीले बताउनुभयो ।

दाहसंस्कार कसरी गर्ने भन्ने विषयमा परिवारमा अन्योल रहेको र यसका लागि सहजीकरण गर्ने काम भइरहेको वडाध्यक्ष अधिकारीले बताउनुभयो । शनिबार पनि दमकमा एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

प्रकाशित मिति : कार्तिक १०, २०७७ सोमबार  ६ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]