बैशाख ३०, २०८२ मंगलबार

झापाका थप ३८ जनामा कोरोना संक्रमण

झापा । झापाका ३८ सहित देशभर थप २ हजार ३ सय ६४ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज भेटिएका मध्ये ९ सय ८४ महिला र १ हजार ३ सय ८० पुरुष छन्।

प्रदेश १ को इलाममा ३, उदयपुरमा १, खोटाङमा १, झापामा ३८, धनकुटामा १, भोजपुरमा १, तेह्रथुममा ३, मोरङमा ३२ र सुनसरीमा ६० जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धनुषामा ७, पर्सामा २, बारामा १, महोत्तरीमा १, रौतहटमा ७, सप्तरीमा ५, सर्लाहीमा २ र सिरहामा ६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ३ सय ३८ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ६, चितवनमा ९७, दोलखामा १६, धादिङमा ८, नुवाकोटमा १२, भक्तपुरमा ९७, मकवानपुरमा ४७, रसुवामा ४, रामेछापमा ३, ललितपुरमा १ सय ८०, सिन्धुपाल्चोकमा ८ र सिन्धुलीमा १० जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७३, गोरखामा ३६, तनहुँमा १७, नवलपरासी पूर्वमा ३१, पर्वतमा ५, म्याग्दीमा ५, लमजुङमा २, बागलुङमा १ र स्याङजामा ६ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको रोल्पामा १, अर्घाखाँचीका ४, कपिलवस्तुका ४, गुल्मीका ५, दाङका १३, नवलपरासीका ७, पाल्पाका ५, प्युठानका १, बर्दियाका ७, बाँकेका ३७, र रुपन्देहीका ५७ जना छन्।

यस्तै, कर्णाली प्रदेशको हुम्लामा १, कालिकोटमा २३, जाजरकोटमा २, जुम्लामा ७, दैलेखमा ३ र सुर्खेतमा १ जनाका कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा १, डडेल्धुरामा २ र बझाङमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ।

प्रकाशित मिति : कार्तिक १३, २०७७ बिहीबार  ९ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]