बैशाख ३१, २०८१ सोमबार

सुनको भाउले रेकर्ड तोड्यो

बिर्तामोड । नेपाली बजारमा सुनको भाउ इतिहासकै महंगो भएको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ६५ हजार रुपैयाँ तोकिएकोे नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।


छापावाल सुनको भाउ हिजो ६४ हजार रुपैयाँ निर्धारण भएको थियो । त्यस्तै तेजावी सुनको भाउ ६४ हजार ७ सय तोकिएको छ ।
अन्तराष्ट्रिय बजारमा पनि सुनको भाउ बढेकाले नेपालमा पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । यस्तै इरान र अमेरिकाबीचको तनावका कारण पनि लगानीकर्ता सुरक्षित हुन थालेकाले सुन महंगो भएको व्यवसायीले बताएका छन् ।


यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ बढेकाले तोलाको ७ सय ४० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि २०७० साल भदौ १२ गते र २०७५ फागुन ८ गते नेपालमा सुनको मूल्य प्रतितोला ६३ हजार ३०० रुपैयाँ पुगेको थियो । त्यसपछि हिजो बिहीबार नेपाली बजारमा सुनको भाउ ६४ हजार पुगेको थियो ।

प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार  २ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]