बैशाख १३, २०८१ बिहीबार

तस्करी रोक्न कचनकवललाई प्रधानमन्त्री कार्यालयको पत्र

बिर्तामोड । झापाको दक्षिणी गाउँपालिका कचनकवल क्षेत्रबाट पशु चौपाय तस्करी हुने गरेको सूचना प्रधानमन्त्री कार्यालय पुगेको छ ।

स्थानीयले नेपालबाट भारत तर्फ खुलेयाम पशु चौपाय तस्करी हुने गरेको सूचना पु¥याए पछि प्रधानमन्त्री कार्यालयले गाउँपालिकालाई पत्र काटेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट गाउँपालिकालाई पत्र काटिए पछि गाउँपालिकाले सवै वडालाई नियन्त्रणका लागि पत्रचार गरेको छ । प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले सबैलाई पत्र काटेका हुन् । उनले पत्र काट्दै चौपाय तस्करीको सूचना हुनासाथ प्रहरीलाई जानकारी गराउन निर्देशन गरेका छन् । सीमा क्षेत्रमा प्रहरीले पशु चौपाय नियन्त्रणमा प्रभावकारी काम नगरेको स्थानीयको भनाई छ ।

प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार  ७ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]