बैशाख १४, २०८१ शुक्रबार

दमकमा बुधबारदेखि निषेधाज्ञा

दमक – झापाको दमकमा बुधबारदेखि आशिंक निषेधाज्ञा हुने भएको छ ।
नगरपालिकामा नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको समन्वय समितिको आज बसेको बैठकले भोलीदेखि लागू हुने गरि बेलुका ४ बजेदेखि बिहानसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बिहानदेखि बेलुका ४ बजेसम्म दैनिक उपयोग्य बस्तु विक्रि वितरण खुल्ला हुने बताए । ४ बजेपछि निषेधाज्ञामा कडाइ गरिने छ । तिम्सिनाका अनुसार यश पटक कडाइका साथ कार्यान्वयन गरिनेछ ।

मंगलबार बिहान राजनीतिक दलसँग भएको छलफलमा निषेधाज्ञा र लकडाउन भन्ने विषयमा बहस भएको थियोे ।

कोरोना संक्रमण तिब्र भएपछि नगरपालिकाले निषेधाज्ञाका लागि सिफारिस गरेको तिम्सिनाले जनाए । दमकमा ४२८ जनामा संक्रमण देखिएको छ भने १८ जनाको मृत्युु भएको छ । नगरपालिकाले गरेको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्नेछ ।

प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार  ३ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]