उधोग वाणिज्य महासंघमा डालमियाको उम्मेद्वारी दर्ता
विर्तामोड । नेपाल उधोग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि झापाका व्यवसायी, सामाजिक व्यक्तित्व उमेश डालमियाले उम्मेद्वारी दर्ता गरेका छन् ।

मंसीर १३ गते हुने निर्वाचनका लागि डालमियाले जिल्ला नगरतर्फको खुल्ला केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गरेको जानकारी दिए । महासंघको ११ गतेदेखि साधारणसभा र १३ गते निर्वाचन हुने तय भएको छ । यसअघि महासंघको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेर निर्वाचित भएका डालमियाले विजय गराइदिन अपील गरेका छन् । उनी झापा उधोग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् ।