बैशाख १४, २०८१ शुक्रबार

शिवसताक्षीमा कोरोनाले २५ वर्षीया युवतीको मृत्यु

दुधे । झापाको शिवसताक्षीमा कोरोना संक्रमित एकजना स्वास्थ्यकर्मी युवतीको मृत्यु भएको छ। 

शिवसताक्षी नगरपालिका वडा नम्बर-६ कि २५ वर्षीया युवतीको विराटनगरको नोबेल अस्पतालमा शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताए।

विराटनगरबाट उनको शव ल्याउने तयारी भइरहेको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। उनको कार्तिक १३ मा कोरोना पुष्टि भएको थियो। 

त्यसपछि  अस्पतालको आइसोलेशनमा उनको उपचार भइरहेको थियो। मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने नगरपालिका स्रोतले बताएको छ। मृतक दुधे स्थित एक स्वास्थ्य संस्थामा ल्याबमा काम गर्ने युवती हुन। शिवसताक्षी नगरपालिकामा यो सहित कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ।

प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार  ७ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]