चैत्र १६, २०८० शुक्रबार

मेचीनगरले पायो योग्य हाकिम

विर्तामोड । झापाको मेचीनगर नगरपालिमा नयाँ हाकिम (प्रमुख प्रशासकीय अधिकृत) का रुपमा खेमराज ओझा हाजिर भएका छन् । उनको सोमवार भव्य स्वागत गरिएको छ । योग्य एवम् सक्षम हाकिम हाजिर भएकोमा मेचीनगरनगर नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले प्रशंसा गरेका छन् ।

जिल्ला विकास समिति झापामा लामो समय एलडीओको रुपमा काम गरेका ओझा झापालाई मसिनो गरी बुझेका कर्मचारीका रुपमा परिचित छन् । उनै ओझाको कार्यकालमा राज्य पुनसंरचना गरिएको थियो । झापालाई १५ वटा स्थानीय तहका रुपमा संरचना गरेका ओझाले मेचीनगरको विकास निर्माणलाई गति दिने विश्वास गरिएको छ ।

झापामा स्थानीय तहको पुनसंरचना गर्दा विवाद भए पनि उनले दलहरुको सहमति जुटाएर १५ वटा पालिका बनाएका थिए । स्थानीय तहमा लामो अनुभव बटुलेका ओझाको मेचीनगर प्रवेशले विकास चहानेहरुमा खुशियाली छाएको छ । उनै ओझाले वर्षौसम्म विवाद रहेको गौरादहलाई नयाँ गति प्रदान गरेका थिए । गौरादहभित्रको समस्यामा समाधान खोजेर कामलाई सहजै अघि बढाएका थिए । इजलाससित कुरा गर्दै मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत ओझाले मेचीनगरमा जिम्मेवारी पाएको खुशी व्यक्त गरेका छन् । उनले सरकारले आवश्यकता अनुरुप कर्मचारीको सरुवा गर्ने बताए । ओझाले भने, मेचीनगरबासीलाई आफ्नो उपस्थितीको अनुभूत गराउनेछु । कर्मचारी क्षेत्रमा असल छवि बनाएका ओझाले जनप्रतिनिधिको भावना अनुरुप जनताको सेवा गर्ने जानकारी दिएका छन् ।

प्रकाशित मिति : कार्तिक २४, २०७७ सोमबार  ६ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]