चैत्र १६, २०८० शुक्रबार

हत्या अभियोगमा मेचीनगरका गिरी १६ वर्षपछि पक्राउ

झापा – काठमाडौँको रानीबारीमा डेरा गरी बस्ने १८ वर्षीय जीवन लोहनीको हत्या अभियोगमा फरार रहेका झापा मेचीनगर नगरपालिका–७ का ३३ वर्षीय हरि गिरी भन्ने रामकुमार गिरीलाई भक्तपुरबाट पक्राउ गरेको छ ।

विसं २०६१ माघ ११ गते राति ८ बजे सामाखुसीमा हत्या गरी फरार रहेका गिरीलाई १६ वर्षपछि महानगरीय अपराध महाशाखाको टोलीले चाँगुनारायण नगरपालिका–७ बाट सोमबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार लोहनीले गिरीका साथी प्रकाश लामाको कानको मुन्द्रा माग्दा नदिएपछि लामालाई कुटपिट गर्दा भएको विवादमा  गिरीले लोहनीको हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । जिल्ला अदालत काठमाडौँले विसं २०६४ असार ११ गते कैद सजाय फैसला तोके पनि फरार रहेका गिरी केही समय विदेश बसेर फर्किएपछि उनले आफ्नो नाम सरोज गिरी बताउँदै आएका थिए ।

प्रकाशित मिति : कार्तिक २५, २०७७ मंगलबार  ८ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]