बैशाख ३१, २०८१ सोमबार

सहाराका तिन कर्मचारी संगठनबिच एकता, अध्यक्षमा घिमिरे

बिर्तामोड । सहारा नेपाल चारपानेमा कार्यरत कर्मचारीको तिन वटा संगठनबिच एकीकरण भएको छ । आज बिर्तामोडमा आयोजित संगठन एकीकरण कार्यक्रमबाट औपचारिक रुपमा तिन संगठन बिच एकता भएको छ ।


नेपाल राष्ट्रिय कर्मचारी संगठन, स्वतन्त्र कर्मचारी संगठन र वित्तीय कर्मचारी संगठनबिच एकता भएको हो । तिन वटा संगठनको एकतापछि एकिकृत कर्मचारी संगठन सहारा साकोस बनेको छ । एकतापछिको संगठनले आजै नयाँ नेतृत्व समेत चयन गरेको छ ।

संगठनको अध्यक्षमा यादव प्रसाद घिमिरे, वरिष्ठ उपाध्यक्ष टेक प्रसाद अधिकारी, उपाध्यक्ष तेज प्रसाद गौतम, महिला उपाध्यक्ष रमिता गुरुङ , सचिव सालिकराम भट्टराई, सहसचिव भिम बहादुर बस्नेत र कोषध्यक्षमा कोषाध्यक्ष टोम प्रसाद दाहाल सर्वसम्मत चयन भएका छन् ।


सदस्यहरुमा किसन मुर्मु, सियाराम चौधरी, विस्वास निरौला, कुल प्रसाद प्रसाई, सुवास झा, अञ्जना श्रेष्ठ, युवराज दर्लामी मगर, विसाल निरौला चयन भएको मुकुन्द उप्रतीले जानकारी दिए ।

प्रकाशित मिति : असार ७, २०७६ शनिबार  ४ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]