माया मारेको आठ महिनापछि भेट्टियो मोटरसाइकल
विर्तामोड । झापा शिवसताक्षी –८ का नविन राईको पल्सर मोटरसाइकल हराएको आठ महिनापछि फेला परेको छ । राईले मोटरसाइकल फेला पर्ला र फेरि चढौला भन्ने आशा मारिसकेका थिए । आशा मरेपछि उनले अर्को मोटरसाइकल खरिद गरिसकेका छन् । तर, ट्राफिक प्रहरीले चेकजाँचको क्रममा हराएको मोटरसाइकल पक्राउ गर्न सफल भएको छ ।

कागजात विना बिर्तामोडस्थित नयाँ बसपार्कमा फेला पारेको मोटरसाइकलको धनी खोज्दै जाँदा राईको भएको पुष्टि भएको झापाका ट्राफिक प्रमुख प्रकाश जवेगुले जानकारी दिए । मे ८ प ७०३८ नम्बरको मोटरसाइकल शिवसताक्षीस्थित दुधे पूर्व मिलन चोकबाट हराएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुसन्धानका लागि गत साउनमा कार्यलयमा ल्याएर राखेको प्रमुख जवेगुको भनाई छ । मोटरसाइकल धनी राईले आफ्नो सत्यको धन भेटिएकोमा खुशी व्यक्त गरेका छन् । उनले ट्राफिक प्रहरीलाई धन्यवाद दिदैं आफ्नो सवारी सुरक्षित राख्न धनीहरुलाई आग्रह समेत गरेका छन् । उनले ट्राफिक कार्यालयबाट मंगलवार मोटरसाइकल बुझेका छन् ।