जेष्ठ ५, २०८१ शनिबार

आज काग तिहार र धनतेरस मनाइँदै

विर्तामोड । आज काग तिहार र धनतेरस मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहारमा कागलाई मीठो मीठो खानेकुरा खान दिइन्छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज काग तिहार मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा.रामचन्द्र गौतमले बताउनुभयो ।

कागलाई सन्देशवाहकका रुपमा पूजा गर्ने गरिन्छ । यस अवसरमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा हुने गर्छ । यसैगरी हनुमानढोकामा रहेकाे कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गरिन्छ । कार्तिक कृष्ण त्रयोदशीकै दिन सुरु हुने यमपञ्चक भने हिजो बेलुकादेखि सुरु भएको छ ।

यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक हिजो बेलुकीदेखि नै सुरु भएको हो । यस्तै गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि आज मनाइँदैछ । धनतेरसमा गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भएर बस्ने मान्यता छ ।

प्रकाशित मिति : कार्तिक २८, २०७७ शुक्रबार  ९ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]