बैशाख २६, २०८२ शुक्रबार

नेपाल विरुद्ध बंगलादेश : सम्पूर्ण जानकारी

खेल सुरु हुने समय साँझ ४:४५ बजे

स्थान :बंगबन्धु रंगशाला

प्रत्यक्ष प्रसारण : टि-स्पोर्ट्स बंगलादेश (हाम्रो खेलकुदमा खेल सुरु हुनुअघि लिंक उपलब्ध हुनेछ)

खेलअघि के भन्छन् कप्तान र प्रशिक्षक ?

घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाली टोली जितको लक्ष्यमा हुनेछ । खेल अघिको प्रि–म्याच पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक बालगोपल महर्जनले टोलीको प्रशिक्षण राम्रो भएकाले घरेलु टोलीविरुद्ध राम्रो नतिजाका लागि खेल्ने बताएका छन् ।

‘मैत्रीपुर्ण खेलका लागि हामी (नेपाल) लाई निमन्त्रणा गरेकोमा बंगलादेश फुटबल फेडेरेसनलाई धेरै धेरै धन्यवाद । तर, मैत्रीपुर्ण खेलका लागि हामीले थोरै समय पायौ । तर, खेल्न पाउनु नै ठुलो कुरा हो,’ खेल अघिको पत्रकार सम्मेलनमा प्रशिक्षक महर्जनले भने ।

‘टिमको प्रशिक्षण राम्रो रहेको छ । विश्वकप छनोटको लागि यो खेल तयारी खेल हुनेछ । यो अवस्था निकै चुनौतीपुर्ण अवस्था हो । तर चुनौती सामना गर्न टोली तयार छ ।’

यस्तै प्रशिक्षक महर्जनले केही सिनियर खेलाडी चोट र कोरोनाका कारण टोलीमा नरहेको र बंगलादेशमा पनि एक खेलाडीमा कोरोना देखिएको बताउदै यसले पनि टोलीमा केही प्रभाव पर्न सक्ने थपे ।

यता, टोलीका कप्तान किरण चेम्जोङले लामो समयपछि फुटबल खेल्न पाउदा उत्साहित रहेको बताए । ‘मैत्रीपुर्ण खेलको लागि तयारी राम्रै रहेको छ । अहिलेको अवस्थामा खेल्न सहज छैन । यो हाम्रो लागि शारीरिक र मानसिक रुपमा तयार रहन राम्रो अवसर हो,’ कप्तान चेम्जोङले भने ।

घरेलु टोली बंगलादेश पनि घरेलु भुमिमा सकरात्मक नतिजा निकाल्ने दाउमा हुनेछ । यसपटक नेपाली फुटबल टिममा आठ नयाँ अनुहार रहेका छन् । दुई खेलको मैत्रीपूर्ण सिरिजको विजेता टोलीले ट्रफी पनि प्राप्त गर्नेछ । यदि दुवै खेल बराबरीमा सकिएको खण्डमा दोस्रो खेलको अन्त्यमा पेनाल्टी सुटआउट हुनेछ ।

प्रकाशित मिति : कार्तिक २८, २०७७ शुक्रबार  १० : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]