चैत्र १६, २०८० शुक्रबार

पर्यटनमन्त्रीद्वारा कचनकवल र चन्द्रगढी विमानस्थल अवलोकन

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालकै होचो भूभाग कचनकवलको अवलोकन गर्दै त्यहाँको विकासमा सघाउन सरकार तयार रहेको बताएका छन् ।

समुन्द्र सतहबाट ५८ मिटरको उचाइमा रहेको सो स्थानको आज अवलोकन गर्दै उहाँले यसलाई पयर्टकीय गन्तव्य बनाउन र थप विकास तथा संरक्षणका लागि सरकारको तर्फबाट सहयोग गर्ने बताए ।

 भारतको शिहारसँग दक्षिणी सिमाना जोडिएको आदिवासी, मधेशी र सिमान्तकृत गन्धर्व जातिको बसोवास रहेको कचनकवलमा ठूला होटल नभएको हुँदा पर्यटकलाई बस्नका लागि व्यवस्थित घरबास सञ्चालन गर्न उनले आग्रह गरे । 

प्रदेश नं। १ का प्रदेशसभा सदस्य वसन्त बानियाँले कचनकवलमा बन्दै गरेको झिल, रिङरोड, धार्मिक पर्यटकीय स्थल किच्चकबधलगायतका पर्यटन प्रवद्र्धनका गुरुयोजनाका बारेमा मन्त्री भट्टराईलाई जानकारी गराएका थिए ।

गृहजिल्ला ताप्लेजुङबाट चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं फर्कनुअघि मन्त्री भट्टराईले विमानस्थलको पनि अवलोकन गरेका थिए । 

 विमानस्थल निरीक्षणका क्रममा उहाँले क्षेत्रफल बढाएर स्तरोन्नति गर्न आसपासमा रहेका जग्गा अधिग्रहण गर्न मन्त्रालयले बजेटको व्यवस्था गरेको बताए ।

प्रकाशित मिति : कार्तिक २९, २०७७ शनिबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]