बैशाख ३१, २०८१ सोमबार

पेरुको पोष्टमा ब्राजिलको पाँच गोल

बिर्तामोड । कोपा अमेरिका फुटबलको आयोजक राष्ट्र ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आज बिहान भएको समूह ‘ए’ को अन्तिम खेलमा पेरुलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो ।

ब्राजिलको जितमा कासीमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले समान १–१ गोल गरे । समूह चरणको तीन खेलमा ब्राजिलले दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै ७ अंक बनाएर समूह विजेता हुँदै अन्तिम ८ मा पुगेको हो ।


१२ औं मिनेटमा कासीमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । खेलको १९ औं मिनेटमा ब्राजिलले दोब्बर अग्रता बनाउन सफल भयो । योपटक भने फिर्मिन्होले गोल गरे । ३२ औं मिनेटमा डानीले गोल गर्दै ब्राजिललाई पहिलो हाफसम्म ३–० गोलले अघि भएको थियो ।


पहिलो हाफमै फराकिलो गोलअन्तर बनाएको ब्राजिलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । ब्राजिलका लागि ५३ औं मिनेटमा अल्भेसले र ९० औं मिनेटमा विलियनले गोल गर्दै ५–० गोलको जित दिलाए । त्यस्तै, यसै समूहबाट भेनेजुएलाले बोलिभियालाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ । भेनेजुएलाले बोलिभियालाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

प्रकाशित मिति : असार ८, २०७६ आईतबार  ८ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]