जेष्ठ ३, २०८१ बिहीबार

थप १४७७ जनामा कोरोनाभाइरस पुष्टि, ६ जनाले ज्यान गुमाए

झापा । देशभर थप १४७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २७९८ जना निको समेत भएका छन् । 

मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ । 

यस्तै हाल देशभर ३५ हजार १२५ जना सक्रिय संक्रमित रहेका छन् भने मृतकको संख्या १२२१ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप  ६ जनाले ज्यान गुमाएका छन् । 

प्रकाशित मिति : कार्तिक ३०, २०७७ आईतबार  ४ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]