बैशाख ६, २०८१ बिहीबार

निर्वाध चल्दैछन् ‘ओभर लोड’का सवारी

विर्तामोड । पूर्व–पश्चिम राजमार्गमा सडकको क्षमताभन्दा बढि लोड गरिएका मालवाहक सवारी गुढ्ने गरेका छन् । जसका कारण सडक दिनहुँ कमजोर बन्दै गएको छ ।

राजमार्गको भार क्षमता १० टन भएपनि व्यवसायीले ३२ टनसम्म सामग्री बोक्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी याम बहादुर खड्काले जानकारी दिए । ‘ओभर लोड’ले सडक कमजोर भई विग्रिने खड्काको भनाई छ । राजमार्गमा धेरै जसो भारतीय सवारीले ओभर लोड बोक्ने गरेको ट्राफिक प्रहरीको भनाई छ । कोइला लिएर गुवाहटीबाट नेपाल आएको लहरीको ओजन २८ टन भएको चालक मन्तार सिंहले जानकारी दिए । पिवि ०४ एस् ७२९० नम्वरको भारतीय लहरीले २८ टन क्षमतासहित आउँदा पनि कसैले यसबारे सोधपुछ नगरेको सिंहको भनाई छ । उनीहरुले सो क्षमताको लहरी भन्सार कार्यालयबाट अनुमति लिई नेपाल ल्याएको बताए । उनीहरुले नेपालको सडकमा कति भार क्षमता हो भन्ने बारे जानकारी नभएको बताएका थिए ।

भारतबाट आउने लहरीले कोइला,फलाम ठुलो परिणाममा ल्याउने गरेको प्रहरी बताउँछन् । यसवारे ट्राफिक प्रहरीले जरिवाना लिएर कारबाही गर्ने बाहेक केहि गर्न नसकिने प्रतिक्रिया दिए । भन्सार,सडक विभाग र यातायात कार्यालय यसको प्रमुख जिम्मेवारी भएपनि कसैले चासो दिएको पाँइदैन । ओभर लोड बोक्ने सवारीलाई ट्राफिक प्रहरीले ५ सय देखि १५ सयसम्म जरिवाना लिने गरेका छन् । त्यो भन्दामाथिको कारवाही गर्नुपरे यातायात कार्यलय पठाउने गरेको ट्राफिक प्रहरीले जानकारी दिए ।

नेपाली सवारी पनि ओभर लोड लिएर कुद्ने गरेको पाइएको छ । उनीहरु पनि सामान्य जरिवानामै छुट्ने गरेका छन् । रिद्दिसिद्धि धर्मकाँटाका कर्मचारी उज्वल विष्टले क्षमता नाप्न दैनिक ५० सवारी आउने गरेको जानकारी दिए । उनका अनुसार क्षमता नापेर हिड्ने भएपनि मापदण्ड बारे कसैले ध्यान दिएका छैनन् । ट्रक चालक सुर्य बहादुर परियारले भने,नापबारे इटहरी पूर्वमा खासै वास्ता गरिदैन । कोइला लिएर पर्सा जिल्ला हिडेका उनले १७ टनको क्षमता लिएर पश्चिम लागे । उनले भने‘यसको लोड परिक्षण इटहरीमा हुन्छ ।

पूर्वी नाका हुँदै नेपाल भित्रने मार्वल, क्लिकंर, फलामलगायतका समान बोकेर आउने भारतीय ट्रकले अत्याधिक भार लिएर आउने गरेका छन् । भार बढी भएका ट्रकलाई भन्सार बिन्दुबाटै नेपाल प्रवेश गर्न नदिने र अर्को गाडीमा भार खन्याएर मात्र लैजाने व्यवस्था ऐनमा भए पनि त्यसको कार्यान्वयन नहुँदा नेपालका सडक तथा पुल मर्मत समय नहुँदै भत्कने र सवारी दुर्घटना बढ्ने गरेको बताइएको छ ।

प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार  ११ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]