बैशाख १३, २०८१ बिहीबार

झापाका ३० सहित थप १४४२ जनामा कोरोना संक्रमण

झापा । झापाका ३० जनासहित पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख  १२ हजार ९१७  पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त  हुनेकाे संख्या १ लाख ८२ हजार ७८० पुगेको छ।

आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित छन्। आज देशभर १२ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २५९ जना संक्रमितको मृत्यु भइसकेको छ।

देशभर आज ६७३१ जनाको पिसिआर परीक्षण भएको छ।

प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार  ४ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]