जेष्ठ २, २०८२ बिहीबार

झापामा एकैदिन ७५ व्यक्ति संक्रमित, २ जनाको मृत्यू

विर्तामोड । झापामा आज एकैदिन ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै झापामा कोरोना संक्रमितको संख्या ३१ सय ६८ पुगेको छ ।

आज जिल्लामा सबैभन्दा धेरै दमकमा २० र विर्तामोडमा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

आज थप २ जनाको मृत्यू भएको छ । मृत्यू हुनेहरुमा दमकका ७० वर्षीय पुरुष र झापा गाउँपालिकाका १ जना पुरुष रहेका छन् । देशभर २१ सय ३ जनामा संक्रमण हुँदा झापामा ७५ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार  ४ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]