चैत्र १५, २०८० बिहीबार

६५ वर्षीया श्रीमतिको हत्या गर्ने गौरादहका भण्डारी पूर्पक्षका लागि जेल चलान

विर्तामोड । झापा जिल्ला अदालतले श्रीमति हत्या गर्ने गौरादह –१ का ६४ वर्षीय भीम भण्डारीलाई पूर्पक्षका लागि जेल चलान गरेको छ । उनलाई श्रीमति मनमाया भण्डारीको हत्या आरोपमा झापा प्रहरीले असोज १५ गते पक्राउ गरेको थियो ।

६५ वर्षीया श्रीमति घरमै मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा उनैलाई पक्राउ गरेको थियो । घटना भएको तीन दिनपछि पक्राउ गरिएका भण्डारीलाई आज झापा जिल्ला अदालतको आदेशले पूर्पक्षका लागि झापा कारागार पठाइएको हो । श्रीमती मनमाया भण्डारीको गत असोज १२ मा घरमै हत्या भएको थियो ।

घट्नास्थलको अनुसन्धान, घरपरिवार, स्थानीय बासिन्दा, छरछिमेकका ब्यक्तिहरुबाट बुझिएका कुरा र बिपि कोइराला धरानले दिएको पोष्टमार्टमको रिपोर्टमा उल्लेख भएको मृत्युको समय बिश्लेषण गरेर प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रवक्ता राकेश थापाको भनाई छ ।

प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार  ९ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]