बैशाख १५, २०८१ शनिबार

मेचीनगरमा ११.६ ग्राम ब्राउनसुगर र ८१ हजार नगद्सहित दुई युवा पक्राउ

विर्तामोड । ज्यामिरगढी प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ११.६ ग्राम ब्राउनसुगर र ८१ हजार १ सय रुपैयाँ बरामद गरेको छ ।

आज साँझ चेकजाँचको क्रममा प्रहरीले मेचीनगर १५ स्थित हेल्दुवारीबाट उनीहरुलाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । प्रहरीले बा ३८ प ३८८५ नम्बरको मोटरसाइकलमा सवार मेनपा १५ ज्यामिरगढी बस्ने २४ वर्षीय विष्णु राजवंशी र १८ वर्षीय सागर पाहानलाई पक्राउ गरेको छ । दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलावारी राखिएको बताइएको छ ।

प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार  ९ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]