चैत्र १६, २०८० शुक्रबार

आन्तरिक उत्पादनले धान्यो तिहार

काठमाडौँ । यस वर्ष फूलको माग आन्तरिक उत्पादनले धानेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अध्यक्ष कुमार कसजू (श्रेष्ठ)ले तिहारमा सयपत्री फूलको माग बढी हुने र अघिल्ला वर्षहरूमा केही अपुग भएर आयात गर्ने गरेकामा यसपटक माग नै घटेकाले आन्तरिक उत्पादन नै पर्याप्त भएको बताउनुभयो ।

उहाँका अनुसार फ्यानले गत वर्ष तीन लाख मखमलीका माला र लगभग १९ लाख सयपत्री फूलका माला उत्पादन गरेको थियो । यो वर्ष अझै उत्पादन बढेको थियो । नेपाल प्रेम दिवसमा केही गुलाबबाहेक अन्य बेला फूलमा लगभग आत्मनिर्भर भइसकेको उहाँको भनाइ छ ।
फ्यानले यसपटकको तिहारमा सयपत्रीको फूलका प्रतिमाला खुद्रा मूल्य ७० देखि १५० रुपियाँ र मखमलीको प्रतिमाला ५० देखि ८० रुपियाँभन्दा बढी नपरेको दाबी गरेको छ तर यता उपभोक्ता भने सयपत्रीको प्रतिमाला १५० देखि २२० र मलमलीको प्रतिमालालाई ७० देखि ९० रुपियाँसम्म तिर्न बाध्य भए ।

मालाको खपत घट्यो
यसपटकको तिहारमा गत वर्षको तुलनामा सयपत्री फूलका मालाको खपत ३६ प्रतिशतले घटेको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण यो वर्ष सयपत्री फूलका मालाको खपत गत वर्षभन्दा नौ लाखले घटेको हो । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अनुसार यो वर्षको तिहारमा १३ लाख सयपत्री र तीन लाख मखमली गरी १६ लाख मालाको खपत भयो । जबकि अघिल्लो वर्ष २२ लाख सयपत्री फूलका माला र तीन लाख मखमली गरी २५ लाख मालाको कारोबार भएको फ्यानले जनाएको छ ।

अध्यक्ष श्रेष्ठले कोरोनाको कहरबीचमा अपेक्षाभन्दा एक लाख बढी फूलका मालाको कारोबार भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले यो वर्ष बढीमा १५ लाखभन्दा बढी फूलका मालाको कारोबार हुन सक्दैन कि भन्ने अपेक्षा गरेका थियौँ तर १६ लाख मालाको कारोबार भएको छ । ” यस वर्ष फूलको माग आन्तरिक उत्पादनले धानेको फ्यानले दाबी गरेको छ । अध्यक्ष श्रेष्ठले तिहारमा सयपत्री फूलको माग बढी हुने र अघिल्ला वर्षहरूमा केही अपुग भएर आयात गर्ने गरेकामा यसपटक माग नै घटेकाले आन्तरिक उत्पादन नै पर्याप्त भएको दाबी गर्नुभयो । उहाँका अनुसार फ्यानले गत वर्ष तीन लाख मखमलीका माला र लगभग १९ लाख सयपत्री फूलका माला उत्पादन गरेको थियो । यो वर्ष अझै उत्पादन बढेको थियो । नेपाल प्रेम दिवसमा केही गुलाबबाहेक अन्य बेला फूलमा लगभग आत्मनिर्भर भइसकेको उहाँको भनाइ छ ।

फ्यानले यसपटकको तिहारमा सयपत्रीको फूलका प्रतिमाला खुद्रा मूल्य ७० देखि १५० रुपियाँ र मखमलीको प्रतिमाला ५० देखि ८० रुपियाँभन्दा बढी नपरेको दाबी गरेको छ तर यता उपभोक्ताले भने सयपत्रीको प्रतिमाला १५० देखि २२० र मलमलीको प्रतिमालालाई ७० देखि ९० रुपियाँसम्म तिर्न बाध्य भए ।

मखमलीका एक लाख ५० हजार माला निर्यात
मखमली फूलमा भने नेपाल आत्मनिर्भर रहेको छ । मखमली केही मात्रामा निर्यातसमेत हुने गरेको छ । यस वर्षको तिहारमा कोरोना कहरका बीच पनि झन्डै एक लाख ५० हजार मखमली फूलको माला विभिन्न देशमा निर्यात भएकोे छ ।

झन्डै १४ करोड फूल मालाको कारोबार
यसपटकको तिहारमा झन्डै १४ करोड बराबरको फूलका मालाको कारोबार भएको छ । फ्यानका अनुसार सयपत्री फूलका माला ११ करोड ७० लाख रुपियाँ बराबरको कारोबार भयो भने मखमलीको एक करोड ८० लाख रुपियाँको कारोबार भयो । फ्यानले यसपटक ४५ लाख रुपियाँ बराबरको मखमली फूलका माला निर्यात गरेको जनाएको छ ।

६० प्रतिशत बागमती प्रदेशमा
प्रदेशगत रूपमा फूलका माला खपतको अवस्था हेर्दा सबैभन्दा बढी बागमती प्रदेशमा ६० प्रतिशत र कारोबारका हिसाबले आठ करोडभन्दा बढीको कारोबार भएको फ्यानले जनाएको छ । फ्यानका अनुसार सबैभन्दा कम कर्णाली प्रदेशमा ३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ४ प्रतिशत मात्रै खपत भएको छ । फूलका मालाको खपत प्रदेश १ मा १० प्रतिशत, प्रदेश २ मा ६ प्रतिशत, गण्डकी प्रदेशमा ९ प्रतिशत, लुम्बिनीमा ८ प्रतिशत खपत भएको फ्यानले जनाएको छ । तिहार पर्वका लागि आवश्यक सयपत्री फूलको मागलाई परिपूर्ति गर्न साथै प्रदेशअन्तर्गत रहेका ३२ जिल्लामा व्यावसायिक रूपमा उत्पादन भएको थियो । फ्यानका अध्यक्ष श्रेष्ठले अझै पनि उत्पादन प्रविधिको विकास, भण्डारण, ढुवानी तथा बजारीकरणको क्षेत्रमा अध्ययन अनुसन्धान हुन नसकेको बताउनुभयो ।

प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार  ८ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]