बैशाख ६, २०८१ बिहीबार

लालपुर्जाको सपना : सम्पादकीय

सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग बनाएर देशभर लालपुर्जा वितरणको काम थालेपछि भूमिहीन र अव्यवस्थित बसोबास गर्ने नागरिक हर्षित भएका छन् । पहिलो चरणमा आयोगले १४ वटा स्थानीय तहबाट काम शुरु गर्दैछ । त्यसै अन्तर्गत झापाको कनकाई नगरपालिकाभित्र बसोबास गर्ने भूमिहीनलाई आगामी असार मसान्तभित्र लालपुर्जा थमाउदैछ । जनतासँग मत माग्दै गर्दा गरिएका बाचा पुरा गर्न सरकारले तदारुकता देखाएको छ । देशभर लालपुर्जा वितरण थाल्ने तयारी गरेको सरकारले निराश भएका जनतालाई फेरि उत्साहित बनाएको छ ।

हरेक निर्वाचनमा जनतालाई अनेकौं सपना बाडिएको हुन्छ । निर्वाचनमा बाँडिएका सपना पुरा नभएपनि अर्को निर्वाचनमा फेरि त्यस्तै सपना बाँढ्न नेताहरुलाई सरम लाग्दैन । नेताले त्यस्ता सयौं सपना बाँडेका छन् । जनताले पनि त्यस्ता धेरै निर्वाचन बिताइसके । आशामा मत दिएका जनताका धेरै सपना अझै अधुरा छन् । सपना पुरा हुनेमा विश्वास हराएको छैन । यस्तै सपना र आशाका बिच अर्को निर्वाचन नजिक आउँदैछ । हरेक जनतालाई आधारभुत आवश्यकता पुरा गर्नुछ । जीवनका आधारभूत आवश्यकता पुरा भए हुन्छ । तर, सामान्यभन्दा सामान्य आवश्यकता पुरा गर्न राज्य पक्ष अझै सफल बन्न सकेको छैन ।

शिक्षा, स्वास्थ्य र रोजगार जनताको सामान्य आवश्यकता हो । गाँस, बाँस र कपास उत्तिकै महत्वपूर्ण छ । निशुल्क शिक्षा, स्वास्थ्य र रोजगारको प्रवन्ध गर्न राज्य पक्ष सफल बन्नैपर्छ । देशमा अहिले पनि निशुल्क शिक्षाको व्यवस्था हुन सकेको छैन । स्वास्थ्य सेवा र रोजगारको प्रवन्ध राज्य पक्षले गर्ने हो भने धेरै सपनाहरु मध्ये एउटा सपना पुरा हुने थियो । गाँस, बाँस र कपासका लागि सरकारले जनताको जीवनस्तरलाई अध्ययन गरेर आवश्यक व्यवस्थापन मिलाउनै पर्छ । जसरी लालपुर्जा वितरणको काम थालिएको छ, सरकारले बाँकी रहेका काम पनि अघि बढाउन जरुरी छ । निर्वाचनमा गरिएका घोषणा पुरा गर्न सत्तारुढ पार्टीले सरकारलाई खवरदारी समेत गर्न जरुरी देखिन्छ ।

प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार  ११ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]