बैशाख १३, २०८१ बिहीबार

सताक्षी प्रेस क्लबमा नयाँ नेतृत्व

पत्रकार अनिलदेव राई सम्मानित

शिवसताक्षी । ग्रामीण क्षेत्रमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका शिवसताक्षीका पत्रकार अनिलदेव राई सम्मानित भएका छन् । उनलाई शनिबार शिवसताक्षीको दूधेमा सताक्षी प्रेस क्लबको दोस्रो अधिवेशनको अवसरमा सम्मानित गरिएको हो । राईलाई शिवसताक्षीका मेयर चन्द्रकुमार सेर्माले सम्मान गरेका हुन् ।

प्रेस क्लबमा स्थापना गरिएको मनहाङ्ग स्मृति पत्रकारिता पुरस्कारबाट राईलाई नगद सहित सम्मान गरिएको थियो । पत्रकार राई सताक्षी प्रेस क्लबका संस्थापक हुन् ।

त्यसैगरी, सताक्षी प्रेस क्लबमा नयाँ कार्यसमिति चयन भएको छ । क्लबको दोस्रो अधिवेशनबाट सेलिङ्ग केसीको अध्यक्षता नयाँ कार्य समिति चयन भएको हो । जसको उपाध्यक्षमा दिलिप घिमिरे, सरोज भट्टराई, सचिवमा शान्तिराम बस्नेत, कोषाध्यक्षमा आकृति तिम्सिना, सहसचिवमा गोविन ल्वागुन सर्वसम्मत चयन भएका छन् । त्यस्तै गरी सदस्यहरुमा तेजेन्द्र घिमिरे, भगीहाङ नेम्बाङ, पवन चाम्लिङ राई, सोनिका राई, सूर्य कुइकेल, जीवनसिंह राजवंशी रहेका छन् । एकजना समितिको बैठकले चयन गरिने बताइएको छ ।

प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार  ५ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]