बैशाख ७, २०८१ शुक्रबार

गौरीगञ्जको दक्षिणी सीमा क्षेत्रमा भारतीय एसएसबीको शंकास्पद् गतिविधि

मदन राजवंशी

गौरीगञ्ज। झापाको दक्षिणी क्षेत्र गौरीगञ्जमा भारतीय एसएसबीको शंकास्पद् गतिविधि बढ्न थालेको छ । नेपाल–भारत सीमामा पर्ने गौरीगञ्ज –२ को दरियालबस्तीमा हातहतियार सहित प्रवेश गरेका भारतीय एसएसबीले सीमा स्तम्भ भत्काएको भेटिएको छ ।

केहि दिनदेखि सो क्षेत्रमा भारतीय एसएसबीको चलहपहल बढेको स्थानीयबासीले जानकारी दिएका छन् । कनकाई माईको किनारमा रहेको १९ नं. को सीमा स्तम्भ आधा भत्काएको अवस्थामा छोडिएको छ । स्थानीयले बताए अनुसार भारतबाट छिरेका एसएसबीले नै स्तम्भ भत्काएका हुन् ।

गत वर्ष गौरीगञ्जको पिण्डालभुटुस्थित बुद्धिलाल हेमरमको आगनमा एसएसबीले सीमा स्तम्भ गाडेका थिए । त्यसैको १ वर्षपछि फेरि एसएसबीले स्तम्भ सार्न चहलपलह बढाएको स्थानीय बताउँछन् । १३ ÷१४ जनाको समूहमा आएको एसएसबीले १९ नम्बरको पिल्लर फुटाएर काँसले छोपेर गएको स्थानीय जेठा मुर्मु बताउँछन् । उनले स्तम्भ सार्नकै लागि एसएसबीले पिल्लर फुटाएको प्रतिक्रिया दिए । गौरीगञ्ज गाउँपालिकाका कार्यपालिका सदस्य समेत रहेका मुर्मुले एसएसबीले नेपाल तर्फ कसैलाई जानकारी नदिई सीमा क्षेत्रमा अनुगमन समेत गरिरहेको जानकारी दिएका छन् ।

सीमा अतिक्रमणका लागि १४३/३ नम्बरको पिल्लर देखि नेपाल तर्फ नयाँ खाल्डो समेत खनेको अवस्थामा फेला परेको छ । पिल्लर सार्नकै लागि नयाँ खाल्डो खनिएको स्थानीयले दावी गरेका छन् ।

प्रकाशित मिति : मंसिर ७, २०७७ आईतबार  ३ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]