चैत्र १५, २०८० बिहीबार

विधालय सञ्चालनको उत्साह : सम्पादकीय

कोरोना महामारीले ०७६ को चैत महिनादेखि विधालयमा पठनपाठन बन्द छन् । विधार्थीलाई केहि विधालयले वैकल्पिक सिकाईको अवधारणामा सरिक गराए । विधालयमै पुगेर शिक्षकसँग बसेर प्रत्यक्ष अध्ययन गरे जस्तो वैकल्पिक सिकाई प्रभावकारी भएको छैन । त्यसैले सरकारले महामारीकै बिचमा पनि विधालय सञ्चालनको लागि मापदण्ड तयार गरेको छ । सरकारले नयाँ मापदण्ड बनाएर स्थानीय तहलाई विधालय खोल्न अधिकार दिएको छ । परिस्थितिको अध्ययन गरेर स्थानीय तहले विधालय खोल्न पाउने छन् । त्यसै बमोजिम स्थानीय तह विधालय सञ्चालनको तयारीमा जुटेका छन् ।

झापाका स्थानीय तहले जिल्लाभरका विधालयमा पठनपाठन सञ्चालन गर्न आवश्यक छलफल शुरु गरेका छन् । विधालयको तयारी र सुरक्षा अवस्थाबारे स्थानीय तह र विधालय पक्ष बिच शुरु भएको छलफलले पठनपाठन बारे निष्कर्ष निकाल्ने छ । विधालय बन्द भएदेखि विधार्थीको शैक्षिक भविष्य मै संकट उत्पन्न भएको छ । ०७७ सालको शैक्षिक शत्र नै सकिन लागिसकेको छ । यो वर्षको परीक्षा नै प्रभावित हुने अवस्था आइसकेको छ । तथापि, विधालय सञ्चालनको तयारीले विधार्थी वर्गमा एक किसिमको उत्साह शुरु भएको छ ।

विधालयमा केहि महिनादेखि प्रशासन खुल्ला थियो । शिक्षक कर्मचारी विधालयमा हाजिर भएर आवश्यक प्रशासनिक काम गर्दै आएका थिए । प्रायःविधालयहरुले विधार्थी भर्ना गरिसकेका छन् । बन्दाबन्दीमै विधार्थी भर्ना गरेर शुल्क समेत लिइसकेका छन् । शुल्क तिरे पनि विधार्थीले अध्ययन गर्न पाइरहेका थिएनन् । अब विधालय सञ्चालनको तयारी लगभग भइरहेको छ । विधालयमा विधार्थीको चापले पक्कै कोरोना महामारीको जोखिम हुने छ । विधालय सञ्चालन नहँुदासम्म सुरक्षित विधार्थीमा कोरोना संक्रमण हुने डर छ । आवश्यक सुरक्षा मापदण्ड पुरा गर्दागर्दै पनि संक्रमण भयो भने त्यसको जिम्मा कसले लिने । स्थानीय तहले विधालयलाई जिम्मा दिन सक्छ । विधालयले अभिाभवकलाई जिम्मा देला । यसले झनै समस्या आउन सक्छ । यसैले समस्या आउन नदिन स्थानीय तहले महत्वपूर्ण र प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक छ ।

प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार  १० : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]