बैशाख १३, २०८१ बिहीबार

चार स्वास्थ्यकर्मीसहित विर्तामोडमा थप १४ जनालाई कोरोना, एकको मृत्यू

विर्तामोड । झापाको विर्तामोडमा आज थप १ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा विर्तामोड –८ का ७९ वर्षीय पुरुष छन् । उनको मेची अस्पतालमा मृत्यू भएको हो । योसँगै विर्तामोडमा कोरोनाले मृत्य हुनेको संख्या ११ पुगेको छ ।

नयाँ संक्रमित १४ जना थपिएका छन् । उनीहरुमध्ये ४ जना स्वास्थ्यकर्मी रहेका छन् । योसँगै विर्तामोडमा संक्रमितको संख्या ५ सय ७८ पुगेको छ । ४ सय २ जना डिस्चार्ज भइसकेका छन् ।विर्तामोड नगरपालिकाले आज सार्वजनिक गरेको विवरण अनुसार आइसोलेसनमा सक्रिय संक्राितको संख्या १६५, होम आइसोलेसनमा १६३ र अस्पतालमा २ जना रहेका छन् । विवरण अनुसार २ जनामा दोस्रो पटक संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार  ३ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]