बैशाख १४, २०८१ शुक्रबार

सांसद् बाँनियाद्वारा उपचारका लागि २ लाख २० हजार हस्तान्तरण

भद्रपुर । प्रदेश १ का सांसद् बसन्त बाँनियाले मृगौलाको उपचार गराइरहेकी भद्रपुर– ७ कि मञ्जु ठकुरीलाई उपचारार्थ सहयोग हस्तान्तरण गरेका छन् । उनले पीडितको घरमै गएर उपचार खर्च वापत २ लाख २० हजार ५ सय ४० रुपैयाँ नगद हस्तातरण गरेका हुन् ।

सांसद् बाँनियाले विभिन्न क्षेत्रमा रहेका सहयोगी साथीसँग विरामीको उपचारका लागि खर्च जुटाएका हुन् । उनले नेपाल बाहिर रहेका आफ्ना निकट व्यक्तिसँग समेत उपचारका लागि सहयोगको अपील गरेका थिए । दुवै मृगौलाले काम गर्न छोडेपछि अहिले उनको डायलोसिस गर्ने काम भइरहेको छ । गैर नेपाली आवासीय संघ डेनमार्कका पूर्व अध्यक्ष दीपक सापकोटाको पहलमा १ लाख ५४ हजार र हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीको पहलमा ६६ हजार ५ सय ४० संकलन गरिएको थियो । सो रकम सांसद् बाँनियाले विरामीको परिवारलाई हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार  ६ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]