बैशाख १४, २०८१ शुक्रबार

नाका खोल्न किन हतारो ? : सम्पादकीय

पूर्वी नाका खोल्न माग गर्दै काँकरभिट्टाका होटल र पर्यटन व्यवसायीले बुधबार मौन जुलुस मार्फत सरोकारवालाई ध्यानाकर्षण गराएका छन् । कोरोना महामरीका कारण सरकारले चैत महिनादेखि बन्द गरेको थियो । सरकारको पछिल्लो निर्णय अनुसार मंसीर मसान्तसम्म नाका बन्द गर्ने भनिएको छ । महामारीको जोखिमलाई मध्यनजर गर्दै नाकामा कडाई गरिएको हो । तर, नाका खोल्न माग शुरु भएसँगै पूर्व क्षेत्रमा महामारीको जोखिम बढ्ने आकलन गरिएको छ । व्यवसायमा धक्का पुगेपछि व्यवसायीहरु नाका खोल्न माग गरिरहेका छन् ।

कोरोना महामारी शुरु हँुदा नाका बन्द गर्नुपर्ने माग उठेको थियो । सरकारले आम नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै लामो समयदेखि नाका बन्द गर्दै आएको छ । अझै पनि भारतमा कोरोना महामारीको संक्रमण दर उच्च छ । नाका बन्द भएकाले अहिलेसम्म नेपालको अवस्था भारतको जस्तो छैन । भारत र नेपालको आवाजावतमा कुनै बन्देज नहुने भएपछि संक्रमण झनै बढेर जाने निश्चित छ । यसर्थ, नाका बन्द गर्नु नै अहिलेको लागि लाभदायिक छ । व्यवसायीक दृष्टिले सीमा क्षेत्रको बजारमा असर पक्कै गरेको छ । सीमा वारपार हुने नागरिक नै काँकरभिट्टाका मुख्य ग्राहक पनि हुन् ।

व्यवसायीले आफ्नो समस्या बढेपछि नाका खोल्न दवाव शुरु गरेका छन् । तर, व्यवसायीले आफ्नो मात्रै समस्या हेरेर हुदैन । किनभने, काँकरभिट्टा नाका खुलाइयो भने कोरोनाको संक्रमण झनै भयावह हुन्छ । र, त्यसको मुख्य असर काँकरभिट्टाबासीले नै भोग्नुपर्छ । नाका बन्द हुँदा अन्य क्षेत्र व्यवसायी भने उत्साहित भएका छन् । भारतमा जाने ठुलो रकम नेपालमै खर्च भइरहेको छ । ससाना देखि ठुला सामग्री खरिद गर्न जानेहरुका कारण नेपालको व्यवसाय चौपट बन्ने गथ्र्यो । अहिले व्यवसायको सबै क्षेत्रमा उत्साह छ । चाडबाडमा समेत नाका बन्द हुँदा यहाँका बजार मै किनमेल भयो । यसैले व्यापार व्यवसाय पनि समस्यामा पर्न हुदैन । स्वास्थ्यलाई पनि ख्याल गर्न जरुरी । आवश्यकता र औचित्यका आधारमा नाका खोलिनुपर्छ । तर, त्यसको घाटा समग्र नेपाली व्यवसायीले व्यहोर्नु नपरोस् ।

प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार  ८ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]