चीनका रक्षामन्त्री वेई फेङ्ही काठमाडाैमा
काठमाडौँ । जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नु भएको ।
भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुहुनेछ । त्यस्तै प्रधान सेनापति पूर्णचन्द्र थापाले पनि उहाँसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने तय भएको छ । उहाँ आइतबार साँझ नै स्वदेश फर्कनुहुने जानकारी दिइएको छ । नेपालको उत्तरी छिमेकी चीनबाट यस वर्ष हुन लागेको यो पहिलो उच्च स्तरीय भ्रमण हो ।